सायदै यो स्वर्ण अवसर चुकाउला के.पी.सरकारले

0
770

– राजेन्द्र प्रसाद पाठक

केही आस लाग्दा मन्त्रीमण्डलका अनुहारहरु र केही समावेश हुन नसकेका सरकार समर्थक अनुहारहरु जस्ले जनतालाई थोरै भए पनि भरोसा योग्य आषाका किरणहरु सिञ्चित गर्न विगत देखी नै सफल थिए । तिनै अनुहार जसले देश र जनतालाई बाँच्ने सम्मको आषा जगाएको छ । प्रजातन्त्र पुर्नवहालीको इतिहासमा जनताले कहिल्यै ब्यावस्था परिवर्तनको महसुस गर्न सकिरहेका थिएनन् । राणा र पञ्चायतको खप्की सहन बाध्य भएका जनताहरु प्रजातन्त्र पाश्चात केही परिवर्तनको भरोसामा थिए । केही समय त शुरुवाती समय भनेर धैर्य गरेकै हुन् । कालान्तरमा राणाको भन्दा पनि जहानियाँ शासन परिपाटी बसालियो । जसको मुल शुत्रधार उही प्रजातन्त्रको हवाला दिने कांगे्रस पार्टी नै बन्न थाल्यो । गिरीजा प्रसाद कोइराला नै यसको नेतृत्व गर्न अब्बल ठहरिए । त्यसबेला कम्युनिष्टहरुलाई जनताले नै त्यती भरोसा गरे जस्तो देखिदैन थियो । किन की भर्खरै मात्र रुसी गणतन्त्र बिघटन भएको थियो । नेपालका कम्युनिष्टहरु समेत प्रजातन्त्रवादी हुन् वा होईनन् जनताले ठम्याई सकेका थिएनन् ।

सोही अवसरको मध्यनजर गरी स्व. मदन भण्डारीले जनताको बहुदलीय जनवादको ब्याख्या गरी जनता सामु पस्कन सफल भए । सोही वादलाई ने.क.पा. एमालेले अङ्गीकार गर्यो । यसको समेत त्यती सफल अनुहार देखिन नसक्दा । जनता एउटा निष्कर्षमा पुग्न बाध्य भएका थिए । त्यो भनेको कुनै पनि राजनैतिक दर्शन र सिद्घान्त समाजमा आफै लागु हुन सक्ने अटोमेकानिकल प्रोसेस होइन रहेछ । त्यसलाई लागु गर्न र जनतालाई यो दर्शनको माध्यामबाट अगाडी बढाउन सकिने रहेछ भन्नु भन्दा पनि एउटा ब्यक्ति बिशेषको निष्ठा र इमान्दारीता नै समाज बिकाशको मुल कडी हुने रहेछ । त्यसैले दर्शन , सिद्धान्त र ब्यावस्था भन्दा पनि शक्तिशाली चिज एउटा ब्यक्तिमा अन्तर्निहीत ईच्छाशक्ति जो समाजमा लागु गर्नका लागी सो ब्याक्ति कम से कम सर्वजनिक पद धारण गरी कार्यकारी स्थानमा हुनु जरुरी छ । जसका कारण आफ्नो निष्ठा र योग्यतालाई सहज रुपमा समाज र जनताका लागी उपयोग गर्न सकोस् । तर दुर्भाग्य राज्यको त्यस्तो निर्णयक स्थानमा धेरै कम अनुहार मात्र पुगे । यती मात्रै होईन ब्यावस्था सञ्चालन गर्नेहरुकै गलत नियतका कारण त्यसो हुन गएको हो । अझै सबैले बुझ्ने भाषामा भन्ने हो भने सही नियत भएकाहरु त्यस्तो उपल्लो दर्जामा पुगेकै रहेनछन् भन्दा फरक नपर्ला ।

समय अत्यन्तै शक्तिशाली हुन्छ र सबैले समयसंङ्ग पाठ सिक्ने नै हुन भन्ने कुरामा अब दुई मत रहेन । देशकै जेठो प्रजातन्त्रवादी भनिएको पार्टी आज पर्गेलिएको छ । उच्च नेतृत्वमा हमेसा सहि नियत भएको क्याडर पुग्न नसक्नु नै यसको बिडम्बना थियो र अझै सम्म त्यो यथावतै छ । गनिएका मानिएका भनिने कम्युनिष्ट पार्टीहरुमा समेत समय सापेक्ष उच्च नेतृत्वमा अनुहारहरु अदल बदल भएकै हुन् । तर पनि खासै महत्व राख्न सकेको थिएन । तर जब हालमा प्रधानमन्त्री के.पी. ओलीले जब पार्टीको बागडोर सम्हाले तब देखि नै एमालेको करिज्मा देश र जनतामा फैलन शुरु भयो । यसो हुनुको पछाडी अर्को कारण पनि छ । त्यो भनेको कांगे्रशको उच्च नेतृत्वमा देखा परेको निकम्मापनले जनता आजित भएको अवस्थाले पनि यसलाई मल जल गरेको हो । अझै भनौं भने जसरी गिरीजा पुत्री सुजाताका कारण देश र जनता बुख भएका थिए त्यो भन्दा बढी आरजुको राजनैतिक मोल मोलाई र ब्यापारले चरम दिग्दारी फैलायो । अब त खोला नाला , जमिन जंगल , जनावर जंशन त केही न केही सबैले नै बेचेकै थिए । देशको संवैधानिक पद , राजदुत , न्यायधिस , आयोगको उच्च अधिकारी , संस्थानका महाप्रबन्धक ,संसद , भातृ संगठनका प्रमुख , महाबाणिज्य दुत , अवैतनिक महाबाणिज्य दुत , कर , भंसार , यातायात , सुरक्षा निकायका प्रमुख , मात्रै नभएर पार्टी मातहतमा रहेको मन्त्रालयको निर्णय पुस्तिका समेत आफ्नै हातमा लिएर निर्णय गराएर मन्त्रीलाई सहीछाप मात्र गर्न लगाउने । आरजुबाट नै सिफारीस भएर मन्त्री बनेकाहरु समेत उनको रवैया देखी आजित भएको बेला बखत नाम नबताउने सर्तमा उकेल्न आतुर हुन्थे । मन्त्री भएरै पनि कुनै गणना योग्य काम गर्न नसकेकोमा उनिहरु भित्र समेत तित्तता पैदा भैसकेको थियो । मन्त्रीलाई समेत बधुवा मजदुरको भन्दा पनि कमजोर हैसियतमा राखेर काम मात्र लगाउने र उनिहरुबाट आर्जन भएको रकम पार्टीका नाममा कुम्ल्याउन सफलता मिलेको थियो उनै महारानीलाई । कृष्चियन आई . एन .जि.ओ. को डलर देखी देश र जनताको कलर समेर नछोड्ने प्रबृत्ती नै उनको पतनको प्रमुख कारक बन्यो । उनकै कारण पार्टीलाई समेत ठुलो धक्का लागेको छ । बिभिन्न प्रपञ्च रचेर अलग पार्टीमा काम गर्ने आफ्नी अमालाई समेत जापान जस्तो संमृद्घ देशको राजदुत बनाउन सफल भईन । जुन देशको राजदुतलाई सबै भन्दा बढी मासिक पन्ध्र हजार अमेरिकी डलर तलव हुन्छ । जनता र देशबाट श्रीमानलाई प्राप्त भएको शक्ति र सामथ्र्यको हदै सम्म आफ्नो अनुकुल उपयोग गर्न सक्ने विश्व बिरंङ्गनाको खाजी गिनीज बुक अफ वल्र्ड रेकर्डले नाम खोज्यो भने सायद उनैको नाम पर्छ होला ।

उपल्लो निकायमा आफुले भर्ती गरेकाहरुलाई आफ्ना हजुरमा उपस्थिती गर्न लगाई श्री ३ जुद्घ संसेरको हुकुमी सासन भन्दा पनि कयौं गुणा शोषण गरेको मिडीयाबाट देख्दा सुन्दा जनता अत्यन्तै आक्रोसित भएका कारण समेत कम्युनिष्ट गठबन्धनलाई यो महाअवसर जुटेको छ । सो अवसरलाई क्यास गरेर देश र जनतालाई सफलता दिलाउनका लागी अत्यन्तै निष्ठावान अनुहारहरु लाल बाबु पण्डित , गोकर्ण बिष्ट , लगायतका अनुहारहरुले प्रधानमन्त्रीलाई हदै सम्मको सहयोग पुर्याउनेछन् भन्ने जनताले विश्वास लिएकाछन् । साथै केही परिक्षण हुन बाँकी युवा अनुहारहरुलाई समेत जनताले आषा गरेका छन् । सरकार बाहिरै भएर पनि जनताले अत्यन्तै रुचाएको अनुहार जनार्जन शर्मा भने यस पटक अटाउन सकेनन् । तर बिश्वास गरौं के.पी.को स्वाभाव र कार्यशैलीसंङ्ग मेल नखाएर केही अल्पकालमै बाहिर निस्कन समेत संभव भएका कारण त्यस भित्र बसेर आफ्नो ब्यक्तिगत ईगोलाई महत्व नदिई उनी जस्ता सर्वस्वीकार्य अनुहारले राज्य संयन्त्र सञ्चालन गर्नु पर्ने समेत हुन सक्दछ । यो छनक प्रधानमन्त्रीबाट प्राप्त भैसकेको छ । त्यसैले यो अनुपम अवसरलाई ओली ज्युको मन्त्रीमण्डलले देश र जनताको कार्यार्थ हुबहु उपयोग गर्न सफल होस् । जनताले चाहेको पहिलो आवश्यकता भनेको विकाश र संमृद्धी नै हो । जनताले देशोन्नतीको आभास गर्न सकुन । सायदै यो स्वर्ण अवसर के.पी.को मन्त्री मण्डलले नचुकाउला । अस्तु !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here