ओखलढुंगा उर्लियो जनलहर, कांग्रेस प्रवेश गर्नेको घुइँचो

0
2331

ओखलढुंगा, मंसिर १ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही मंसिर १० गते हुने निर्वाचन नजिकिँदै गर्दा ओखलढुंगामा कांग्रेसको लहर बढ्दै दिनहुँ सयौंको संख्यामा कांग्रेस प्रवेश गर्नेहरुको समुह बढ्दै गएको छ ।

कांग्रेसले ओखलढुंगा निशंखेमा आयोजना गरेको चुनावी सभामा एउटा समूह नै कांग्रेस प्रवेश गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा र प्रदेशसभा ‘क’ का उम्मेदवार मित्रसेन दाहाल उपस्थित सो सभामा स्थानीय तह निर्वाचनमा चिशंखुगढी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका भदौरेका बलराम कटवालसहित सयभन्दा बढीको समूह कांग्रेसमा प्रवेश गरेको हो ।

नवप्रवेशीहरुलाई उम्मेदवार तथा चुनावी प्रचारप्रसारमा खटिएका कांग्रेस नेताहरुले फूलमाला र अविरले स्वागत गरेका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार खतिवडाले नवप्रवेशीलाई बुहारीको संज्ञा दिएका थिए । ‘बुहारी बनेर कांग्रेस प्रवेश गर्नुभएको छ,’ उम्मेदवार खतिवडाको भनाई उदृत गर्दै ओखलढुंगा कांग्रेसका प्रवक्ता राजकुमार ढुंगानाले भने, ‘तपाईहरुलाई हाम्रो पार्टीले सम्मान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here