प्रहरी प्रधान कार्यालयद्वारा तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

0
32

काठमाडौँ, कात्तिक २० । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीना समयावधि भित्र प्रहरी प्रधान कार्यालयले ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । यी प्रहरीहरुलाई विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट दिइएको छ ।

गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट प्राप्त गरेका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट सजिलै गरीउपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताउँछन् ।

विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएको उनको भनाइ छ । उनले भने– अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उनले उपत्यकाका चार स्थानमा सेवा थप गरेका हुन् । हाल काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था छ ।

काठमाडौँ उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको प्रवक्ता सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here