कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न

0
35

काठमाडौँ, कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । सो बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय नपुग्ने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

कांग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माको भनाइ छ ।

बैठकमा पार्टीको विधान संशाोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल गरिने जनाइएको छ । कांग्रेसले संविधानको संघीय संरचना अनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

बैठकमा भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले जानकारी गराए ।

नेविसंघको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here