मानव बेचबिखन मुद्दामा संलग्न एक व्यक्ति पक्राउ

0
250

पुष २६ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित प्रहरीले एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जानकारी गराएको छ ।

सञ्चालक सिटौलाले विभिन्न ठाउँका गरी तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको र उनीहरुबाट आर्जन भएको रु चार लाख रकम पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई दिएको जानकारीका आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

ती युवतीलाई सञ्चालकले कोठा भाडामा लिई राखेको दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने गरेको युवतीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here