कतारमा एक नेपालीलाई मृत्यदण्डकाे सजाय सुनाइयाे

0
454

काठमाडौं, जेठ २२ । कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिइने भएको छ ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महोत्तरीको औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो ।

कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । चौधरीलाई कतारी नागरिक अल–नुयमीको हत्या हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here