विषादी चेँकजाँच ऐन चाँडै आउने

0
237

तीन दिने एशियन कृषि सम्मेलन तथा प्रदशनी काठमाडौंमा सुरु

काठमाडौं, साउन २७ । सरकारले विदेशबाट निर्यात गर्दै आएको फलफुल तथा तरकारीमा अत्याधिक विषदीको प्रयोग भएको पाइए पछि केहि समययता विवाद उत्पन्न भएको थियो । सोही कुरालाई पुष्टि गर्दै कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको जानकारी गराएका छन् । मन्त्री खनालले ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने कुरामा विश्वस्त हुन आग्रह गरेका छन् ।

काठमाडौमा तीन दिनसम्म चल्ले एशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटनका क्रममा मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरेका छन् । मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको औंल्याउँदै सरकारले आगामी दिनमा उर्जाशिल यूवाहरुलाई स्वदेशमा नै बोलाएर काम दिन सक्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमा नै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान हुन नसक्ने जनाएका छन् । नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने उनको भनाई थियो । मन्त्र्री खनालले भने, जति अनुसन्धानहरु भएका छन् ति अग्रेजी भाषामा छन् । खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको छ ।

मन्त्री खनालले सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन लागेको प्रस्ट्याएका छन् । उनले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको समेत स्पष्ट पारेका छन् । मन्त्री खनालले मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको औंल्याएका छन् ।

कार्यक्रममा अबको कृषिलाई आधुनिकीकरण प्राज्ञारिक र अग्रानिक तरिकाले गर्नका लागि छुट्टा छुट्टै योजना बनाइएको उनको भनाई छ । मन्त्री खनालले तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडी बढाइएको जनाएका छन् । मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तर्राष्ट्रिय स्तरको ल्यायव भने संभव नभएको उनले सुनाए । विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने प्रष्ट पारेका छन् ।

अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा कुरामा दुविधा नरहेको जनाएका छन् । यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै मन्त्री खनालले सरकारले अर्गानिक र आधुनिकिकरण योजनाबाट १० बर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने जानकारी गराएका छन् ।

सोहि कार्यक्रममा बोल्दै भारतीय दुतावासका प्रतिनिधि डा अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्ने आश्वासन दिलाएका छन् । डा. कुमारले अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै सांसद शान्ता मानवीले नेपालको कृषि विकासलाई उच्च बनाउनका लागि युवाको भुमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता तथा सांसद एनपी साउदले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्ने औंल्याएका थिए । सांसद साउदले सरकारले युवा जनशक्तिको पहिचान गरि काम दिलाउन सक्नुपर्ने बताउँदै देशमा कृषि क्रान्ती ल्याउनका लागि सरकार र सरोकारवाला दुबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले सरकारको नीति स्पष्ट नहुँदा कृषि क्षेत्र नै धरापमा परेको बताएकी छिन् । मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्न ढिला भएको उनको भनाई थियो । कृषि क्षेत्रको स्तर उन्नतिका लागि युवा जमात नै सक्रिय हुनुपर्ने औंल्याउँदै उपमेयर सत्यालले सरकारले विदेशमा रहेर काम गर्ने लाखौं युवालाई स्वदेशमा नै उचित रोजगारीको अवसर प्रदान गर्नु पर्नेमा जोड दिएकी छिन् ।

उक्त कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा अधिकाशं वक्ताहरुले अन्न उब्जाउने मान्छे नै भोको रहनु दुखद भएको भन्दै कार्यक्रममा सरोकारवालाहरुले कृषि क्षेत्रमा लागेका किसानहरुलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनमा जोड्न सक्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमा फेरएच नेपालले आयोजना गरेको हो ।

उद्घाटन सत्रको समापनका क्रममा बोल्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापती लोकराज अवस्थीले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको बताएका छन् । अध्यक्ष अवस्थीले युवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके युवाहरु विदेशमा नजाने भन्दै युवाहरुलाई जागरण गर्न जरुरी रहेको औंल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here