उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

0
270

काठमाडौँ, कात्तिक १३ । स्वास्थ्य स्थिति खराब भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा सुधार आएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइ आज बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले जनाए ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या भएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

उपचारका क्रममा रगत परीक्षणको रिपोर्ट अनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा बुझ्न आएका शुभचिन्तकहरु सँग सजिलैसँग कुराकानी गर्न थालेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here