आठ अंकले ओरालो लाग्यो शेयर बजार

0
280

काठमाडौँ, वैशाख १६ । पछिल्लो केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पनि आठ अंकले घटेको छ ।

नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको नेपाल स्टक एक्स्चेन्जले बताएको छ । यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले ओरालो लागेर २८४.९६ बिन्दुमा पुगेको छ ।

कूल १६१ कम्पनीको नौ लाख ६६ हजार ८२९ कित्ता शेयर रु ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो । कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ ।

गत आइतबार ५० अंकले उकालो लागेको बजारमा रु एक अर्ब बढीको कारोबार भएको थियो । स्टकका अनुसार पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ ।

त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको हो तर बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here