कविता

0
197

सविता बस्नेत

मेरो घाईते मनको उपचार गर्दा गर्दै
कतै तिमी नै पो घाईते हुने होकी
मेरो आकाश माथी लागेको कालो बादललाई
पन्छाउदा पन्छाउदै
कतै तिम्रै आकाश कालो हुने पो होकी
डर लाग्छ प्रिय कतै मलाई भुमरीबाट
तान्दा तान्दै आफै पो भुमरीमा फस्ने होकी
त्यसैले प्रिय जाउ तिमी मेरो जिवनबाट
मलाई मेरै हालमा छोडिदेउ
मेरो जिवनमा उज्यालो छर्न
आफ्नो जीवन खरानी नबनाउ
मेरो मरुभूमिलाई सिन्चित गर्न
तिमी आफ्नो जीवन बगर नबनाउ

२०७६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here