डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने : गृहमन्त्री थापा

0
918

काठमाडौँ, असार २४ । चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

उनले आज बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलमा उठेको प्रश्नको जावाफ दिँदै प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताएका हुन् ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपतबाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको गृहमन्त्री थापाले जानकारी गराए ।

दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने उनको भनाइ छ । द्वन्द्वकालीन समयमा घाइते भएकाहरुको विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जनाए ।

गृहमन्त्री थापाले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पुर्याउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here