ठगी गर्ने ४८ जना पक्राउ

0
202

काठमाडौं, जेठ ७ । प्रहरीले मलेसिया जाने कामदार ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको छ ।

कामदारसँग भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, वन स्टप सेन्टर (पासपोर्ट संकलन गरी दूतावाससम्म लैजाने) लगायतका काममा कामदार ठगी गर्नेलाई महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको थियो ।

आइतबार बेलुकासम्म काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जना पक्राउ परेका अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिँहले जानकारी दिए । पक्राउ पर्नेमा धेरै मेडिकल सेन्टर सञ्चालक रहेका छन् । पक्राउ पर्नेमा भीएलएन र वानस्टप सेन्टरका नाममा ठगी गर्ने सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीसँगै अन्य सञ्चालकहरु पनि पक्राउ परेका छन् । यी पाँचवटा संस्थाले एकजना कामदारसँग कम्तिमा पनि १७ हजार ठगी गरेको पाइएको छ । पक्राउ परेका सबैलाई ठगी मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने सिंहले जानकारी दिए ।

भिसा प्रक्रियामा सरकारको अनुमतिबिना नै संलग्न भएका कम्पनी र स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, माइग्राम्स, ओएसी, जीएसजी अवैध भन्दै खारेज गरेको केहीदिनपछि नै प्रहरीले ती कम्पनी विरुद्ध कारबाही शुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here