सचेतना अभियानमा जुट्यो ट्राफिक प्रहरी

0
382

काठमाडौं, पौष १ । देशभर भई रहेको दुर्घटना र त्यसबाट अकालमा ज्यान गुमाएका व्यक्तिहरुलाई मध्यनजर गर्दै सरकारले यस्ता घटना न्युनिकरण गर्नु पर्नेमा जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना न्युनिकरणका लागि सबै क्षेत्र चनाखो हुँदै के गर्दा दुर्घटना हुन कमी हुन्छ सो कुराको पहिचान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले दिएको निर्देशनसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान आजदेखि शुुरु गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुुरु गरेको जनाएको छ । ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वासका साथ सो अभियानको थालनी गरेको जनाएको छ ।

अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर विरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल÷कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने भएको छ ।

पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने योजना महासाखाको रहेको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने योजना रहेको जानकारी गराएका छन् ।

अभियानको शुुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले मुुलुकमा सवारी दुुर्घटनाबाट वार्षिकरुपमा २ हजारको संख्यामा नागरिकले अकालमा ज्यान गुुमाउन परिरहेको बताउँदै सडक सुरक्षा न्यूूनीकरणका लागि तय गरिएको १२ वटा विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी गराएका छन् । नियम उलङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका गाउँले भन्दा पढे लेखेका शहरियाबाटै सडक अनुशासन उलङ्घनका घटना बढी हुँदै आएको स्पष्ट पारिएको छ ।

यस आर्थिक वर्षको ५ महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै सवारी दुुर्घटनामा परी ७६ जनाको अकालमा नै ज्यान गएको छ भने उपत्यका बाहिर देशभर कति जनाले ज्यान गुमाए त्यसको तथ्य भने सार्वजनिक गरिएको छैन । सडक लेन अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ ।

उक्त कार्यक्रमका अवसरमा उच्च माध्यामिक विद्यालय संघका कावा अध्यक्ष युुवराज शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल मजदूर संघका अध्यक्ष सोम तामाङलगायतले महाशाखाको सचेतना अभियानलाई सम्पूर्ण ढङ्गबाट सहयोग पुु¥याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here