तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सर सम्बन्धी उपचार हुने

0
867

काठमाडौँ, कात्तिक २४ । तिलगंगा आँखा अस्पतालमा ‘केमोथेरापी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले उक्त सेवा शुरु गर्न लागेको हो ।

अस्पतालका क्यान्सर विभागका प्रमुख एंव आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले केमोका लागि बाहिर बिरामी पठाउँदा उनी फर्केर नआउने, उपचार बीचमै छाड्ने र फ्लोअप जाँचमा नआउने क्रम बढेकाले अबको एक महिनापछि सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी गराए ।

आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बाल अस्पतालमा पठाउने गरिएको र त्यहाँ पुगेका बिरामी धेरै फर्केर नआउने त्यसैले आफ्नै निगरानीमा नै उपचार गर्न तिलगंगामा यो सेवा शुरु गर्न लागेको उनले बताए । क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि शुरु गर्ने विषयमा काम भइरहेको उनले बताए ।

केमो थेरापी गर्नुअघि बेहोस पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन पनि ल्याउने जुन मेसिन नेपालमै छैन आँखा क्यान्सर विशेषज्ञ डा स्थापितले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here