मंगलबारबाट कार र मोटरसाइकलका लागि छुट्टा छुट्टै लेनको व्यवस्था

0
969

काठमाडौं, असार ३२ । दुर्घटना न्यूनिकरणका लागि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ ।

ठूला सवारी साधनबाट साना सवारी साधनलाई हुने बलमिच्याई हटाउनका लािग ट्राफिक प्रहरीले साउन १ गते देखि लागु हुने गरी छुट्टा छुट्टै लेनको व्यवस्था गरेको हो ।

बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले बताएका छन् । मंगलबार दिनभर त्यससम्बन्धि जनचेतनामूलक कार्यक्रम लागू गर्न लागिएको छ ।

मंगलबारदेखि नै लेनको नियम लागू हुने बताइएको छ । अर्काको लेनमा चलाउने सवारी साधनलाई कारबाही गरिने ट्राफिक महाशाखाले जनाएको छ । गत बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि लेन छुट्याउने निर्णय भएको थियो ।

ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि यस्तो नियम लगाइएको हो ।

यसले साना सवारी साधन चलाउनेहरुका लागि निकै सजिलो हुने भएको छ । साथै ठूला गाडीलाई तिव्र गतिमा चलाउन समेत नदिने ट्राफिक प्रहरीले बताएको छ ।

ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि गत बुधबारदेखि बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here