मापदण्ड विपरीत सडक खनिनाले दुर्घटनामा वृद्धि

0
488

रोल्पा, साउन १५ । रोल्पा जिल्लामा बिना मापदण्डले खनिएका सडकमा सवारी दुर्घटनामा वृद्धि भएको छ । स्थानीय उपभोक्ताले मापदण्डविना नै आफूखुशी सडक खन्नाले दुर्घटनामा वृद्धि हुँदै गएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० वटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए । आव २०७३/७४ मा ३६ वटा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ गम्भीर तथा २७ जना समान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले बताए ।

यस्तै आव २०७४÷७५ मा ३० वटा सडक दुर्घटना भएकामा १४ जनाको मृत्यु तथा १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए । ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीको भनाइ छ । भौगोलिक बनावट अनुसारको मापदण्डविना जथाभावी रुपमा सडक खनिनाले पनि सवारी दुर्घटनामा वृद्धि हुँदै जान थालेको छ ।

साँघुरा सडक तथा ती सडकमा मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ । भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वलीले बताए । बढी दुर्घटना शिकारु चालकका कारणसमेत हुने गरेको उनको भनाइ छ ।

दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका धनी, चालक र परिचालकलाई समय समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here