युवा परिचालन गरेर मुलुकमा सुशासन, समृद्धि ल्याउनमा सरकार केन्द्रित : मन्त्री विश्वकर्मा

0
265

काठमाडौं, जेठ १ । सुशासन, विकास र समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

युवाहरुलाई परिचालन गरेर मुलुकमा सुशासन, समृद्धि र विकास गर्नमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

काठमाडौंमा मंगलबार आयोजित ‘स्मार्ट तथा ग्रिन सिटिज स्थापनाका लागि युवाहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले युवाहरुको परिचालन विना ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको संकल्प पूरा हुन नसक्ने भन्दै जलवायु परिवर्तनले गरिव समूदायमा पारिरहेको प्रतिकूल असर न्यूनिकरणमा पनि युवाहरुले उल्लेख्य योगदान दिने बेला आएको बताए ।

विश्वमा शान्ति र समृद्धि स्थानपनाका लागि थपिएको चुनौतीलाई सामना गर्ने दायित्व पनि युवाहरुको काँधमा रहेको उनको भनाइ छ ।

एशीया प्यासेफिक पिस एण्ड डेभलपमेन्ट सर्भिस एलाइन्सद्वारा आयोजित उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, क्यानडालगायतका ग्रिन सिटिज स्थापनाका अभियन्ताहरुको सहभागीता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here