बजार अनुगमनलाई तीब्र पार्दै ललितपुर महानगर

0
152

ललितपुर, चैत्र २ । ललितपुर महानगरपालिकाले बजार अनुगमनलाई तीब्र रुपमा अघि बढाएको छ । समय समयमा छड्के अनुगमन गर्दै आएको महानगरले बजारमा कालोबजारी र कृत्रिम अभाव बढेको गुनासो आएपछि अनुगमनलाई तीब्रता दिएको हो । महानगरद्वाराआइतवार जावलाखेलस्थित सेलवेज डिपार्टमेन्ट स्टोर, झम्सीखेल र बुखुण्डोलमा रहेको बिगमार्ट र हरिहरभवनस्थित आर के स्टोरमा पनि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा यी स्टोरहरुमा खाध्य सामग्री पर्याप्त भएको पाइएको छ । मुल्यसूची उल्लेख भएको, तौल पुरा भएका सामग्री स्टोरमा रहेका छन् । अनुगमन टोलीको नेतृत्व गर्दै महानगरका उपप्रमुख गीता सत्याल बजारको निरीक्षण गरेकी थिईन । उक्त टोलीमा सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, राष्ट्रिय उपभोक्ता संघ ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकार, कोमल प्रसाद प्याकुरेल र सावित्रीदेवी पण्डित र नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।

महानगरका उपप्रमुख गीता सत्यालले महानगरले छड्के अनुगमन गरिरहेको जानकारी गराउदै कृत्रिम अभावको गुनासो आएपछि यसलाई तीब्र पारिएको बताइन् । अनुगमनका क्रममा गुणस्तर नभएका सामग्री भेटेमा विक्रेतालाई कारबाही गर्ने महानगरको योजना रहेको उनले सुनाइन । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको हुन्छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले महानगरले यस अघि पनि यस अघि पनि छड्के अनुगमन गरेको बताउँदै खाद्यपदार्थ लगायतको कृत्रिम अभावको गुनासो आएपछि अनुगमनलाई तीब्र पारिएको बताए। उनका अनुसार महानगरले फरक फरक क्षेत्रमा दिनै पिच्छे अनुगमन गर्ने बताएको छ । उनले अनुगमनका क्रममा मूल्य बढाएर सामग्री बेचेको,लुकाएको वा गुणस्तर नभएको फेला पारेमा कानुन अनुसार कारबाही गर्ने समेत बताए ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड—१९)को उच्च जोखिमको सूचीमा नेपाललाई राखेपछि अत्यावश्यक खाद्य सामग्री, ग्यास, औषधिको विक्रेताहरुले क्रृतिम अभाव सिर्जना गरेको गुनासो आएको भएको थियो । त्यसैगरी कालोबजारी समेत भएको गुनासो प्राप्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here