कर्मचारी अभावले मुद्दा फछ्र्यौटमा समस्या

0
594

गौशाला, फागुन २५ । आवश्यक कर्मचारीको अभावमा महोत्तरी जिल्ला अदालतमा मुद्दा फछ्र्याैटमा समस्या देखिएको छ ।

अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले बताएका छन् । सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रवाह गर्ने योजना ल्याए पनि आवश्यक कर्मचारी नहुँदा जिल्ला अदालतमा मुद्दा फैसलाले गति लिन नसकेको हो ।

छिटोछरितो न्याय सम्पादन गरी कुनै पनि मुद्दालाई १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनिएको छ तर कर्मचारी अभावले शीघ्र न्याय सेवा प्रवाहका लागि समयमा नै काम हुन नसकेको प्याकुरेलको भनाइ छ । जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा ६४ प्रतिशत मुद्दा मात्र फस्र्यौट भएका छन् ।

यस अवधिमा अदालतले एक हजार ४० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा ६७३ मात्र मुद्दाको फैसला गरिएको छ । एक सयभन्दा बढी मुद्दाको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला हुन सकेको छैन ।

जिल्ला न्यायाधीश प्याकुरेलका अनुसार निर्वाचनको करिब तीन महिना कर्मचारी बाहिर बसेकाले पनि मुद्दा फछ्र्यौटले गति लिन सकेको छैन । यसअघिको टिमले आवश्यक रफ्तारमा काम गर्न नसक्दा धेरैजसो मुद्दा थाँती रहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here