दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

0
343

काठमाडौं, असोज ५ । पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएको अग्रिम टिकट बुकिङ मूल्य फिर्ता नलिएपछि नखुलाउने जनाएको छ ।

बिहीबार साँझ बसेको महासंको बैठकले सरकारले हालै वृद्धि गरेको इन्धनको मूल्य फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको जनाइएको छ ।

व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यस विपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ ।

व्यवसायी र सरकारबीच यसअघि वृद्धि भएको डिजेलको मूल्य अनुसार दसैंपछि यातायात भाडा समायोजन गर्ने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here