महानगरपालिकाको वडा नं २० मा बृहत सरसफाई कार्यक्रम सम्पन्न

0
229

काठमाडौ, माघ १२ । काठमाडौ महानगरपालिका वडा नं २० भीमसेन स्थानमा सम्पदा संरक्षण समाज नेपालद्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सो सरसफाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ ,प्रदेश सभा सदस्य राजेश शाक्य, सम्पदा संरक्षण समाजका अध्यक्ष सुरज मानन्धर दे भय छे का अध्यक्ष महेन्द्रध्वज जोशी, विजय कृष्ण श्रेष्ठ ,पुर्व वडा अध्यक्ष नेपाल प्रहरी, ट्राफिक प्रहरी, बिद्यार्थी लगायत स्थानीयको सहभागीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले फोहोर फाल्ने नभई व्यवस्थापन गर्नु पर्ने बताएका थिए । उनले फोहोर मैला व्यवस्थापनमा सबै नागरिक, विद्यार्थी र युवाहरुले सकारात्मक भूमिका खेल्नु पर्ने भन्दै फोहोरमैला सहि तरिकाले बयावास्थापन गर्न सके त्यसले बहुआयामिक फाइदा दिने बताए ।

फोहोर व्यवस्थापनको परिभाषा परिवर्तन गर्नुपर्ने भन्दै उनले आम मानिसको बानी र व्यवहारमा परिवर्तन आउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here