उच्च अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

0
252

काठमाडौँ, माघ ११ । आज उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानन्यायाधीश पराजुलीले आज सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सपथ गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here