राष्ट्रपति भण्डारीलाई जापानका प्रधानमन्त्री आबेको बधाई

0
203

काठमाडौँ, चैत ६ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधान अनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन् ।

भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ बनाउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here