एशियाली खेलकूद : ब्याडमिन्टन प्रतियोगितामा नेपाल क्वार्टर फाइनलमा प्रवेश

0
703

काठमाडौँ, भदौ ३ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल प्रवेश गरेको छ ।

आज भएको समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटले हराउँदै क्वार्टर फाइनल पुगेको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले बताए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् ।

यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटले हार बेहोरेको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here