संचारकर्मी माथि आक्रमणः घाईते पाठकको बीर्तासीटी उपचार हुँदै

0
452
प्रेम अधिकारी

इलाम, फागुन २४ । इलामको चियावारी एफ.एम.मा कार्यरत दुई संचारकर्मी माथि कुटपीट र लुटपाट भएको छ । चियाबारी एफ.एम.का बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई राती रेडियाबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कुल छेउमा स्थानीय रविन मगर सहितको समुहले लुटापाट र कुटपीट गरेको हो । कुटपीट गर्दै उक्त समुहले ब्यावस्थापक पाठक संग रहेको नगद ४५ हजार, र एक थान मोवाइल संगठित गिरोहले लुटेको हो । त्यस्तै प्रविधिक न्यौपाने संग रहेको सुनको सिक्री समेत उक्त समुहले लुटेको छ ।

६ जनाको समुहमा आएको टोलीले अध्यारोमा लुट्नुका साथै आफुमाथि सांघातिक हमला गरेको कृष्णले बताए । बुधबार राती करिव ९ बजे इ.न.पा. १२ निवासी बजार ब्यावस्थापक पाठक र सु.न.पा. ५ निवासी प्राविधिक न्यौपाने कार्यलयको काम सकेर घर फर्कने क्रममा इलाम नगरपालिका ९ गोलबस्ती पोखरी स्कुल छेउमा पुग्दा उनीहरु माथि इ.न.पा. ९ का रविन मगर सहित ५ जनाको समुहले विना कारण आक्रमण गरेको थियो । आक्रमण भए पछि न्यौपाने भाग्न सफल भए पनि पाठकलाई मरणासन्न हुने गरी कुटपीट गरीएको छ । कुटपीटबाट पाठकको दाहिने हात , टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । पाठकलाई थप उपचारका लागि झापाको बिर्तासीटी अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको छ । घटना पछि कृष्णका बुबा नारदमणी पाठकले बिहिबार नै आक्रमणकारी रविन मगर सहितको समुहलाई कारवाही, पीडिको उपचार लगायतका माग राखी जिल्ला प्रहरी कार्यालमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले आक्रमणकारीको खोजी भैरहेको बताए । उनले दोषी माथि कडा कारवाही गरीने बताए । चियाबारी एफ.एम.ले एक बिज्ञप्ती नकाल्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाहिका गर्न प्रहरी प्रशासन समक्ष माग गरेको छ । रेडियोका स्टेशन म्यानेजर प्रेम अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा कुटपिट र लुटपाटको घटना पछि रेडियोमा काम गर्ने संचारकर्मीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण समत खलबलीएको जनाईएको छ ।

एफ. एम.ले पीडितलाई न्याय दिई दोषीलाई कडा कारवाहि गर्न माग गर्दै संचारकर्मी र संचार माध्यम माथि भएको आक्रमणको घोर भर्सना र निन्दा गरेको छ । लुटपाटमा सम्लग्न हुने मध्ये स्थानीय रामचन्द्र मगरका छोरा रबिन मगरको पहिचान खुलिसकेको छ । रविनको प्रहरीले खोजी गरिरहेको छ । यसअघि पनि आरोपी रविन कुटपिट, तोडफोडको घटनाहरुमा सम्लग्न ब्यक्ति भएको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here