वैशाखदेखि वाइफाई सेवा फ्रि

0
635

सुर्खेत, चैत २२ । नेपालकै सबैभन्दा ठूलो ताल रारामा कर्णाली प्रदेश सरकारले आउँदो वैशाख १ गतेदेखि वाइफाइ सेवा फ्रि मा सञ्चालन गर्ने भएको छ ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको व्यवस्था गर्न लागिएको हो ।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपरका क्षेत्रहरुमा वाइफाइको व्यवस्था फ्रि गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी गराइन् ।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले बताइन् ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले जानकारी गराएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here