निगमले नारिता र ग्वोञ्जाओमा उडान भर्ने

0
318

काठमाडौं, कार्तिक १८ । पछिल्लो समयमा जापानको ओसाकामा साताको दुई दिन उडान भरिरहेको राष्टि्रय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुसको दोस्रो सातादेखि जापानको नारितामा पनि उडान सुरु गर्ने भएको छ । निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राषि्ट्रय विमानस्थलमा सिधा उडानको तयारीलाई तिव्रता दिइएको जनाइएको छ ।

उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको बताइएको छ । निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपसि्थति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ ।

नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रकि्रया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ । गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राि्ष्ट्रय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको …अकुपेन्सीÚ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ । यसैगरी मङि्सर महीनाको अनि्तमदेखि चीनको ग्वोञ्जाओमा पनि निगमले उडान भर्र्नेे तयारीलाई तिव्रता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिशि्चत भएको हो ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिशि्चत भएको जनाएको छ । निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निशि्चत भएको मन्त्रालयको भनाई छ । स्रोतका अनुसार सम्भवतः मङि्सर महीनादेखि उडान शुरु हुनेछ । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त रहेको थियो । त्यसका लागि एक प्राविधिक टोली काति्तक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि …स्लटÚ पाउने बताइएको छ । यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको जानकारी गराएका छन् ।

प्रवक्ता चन्दका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही काति्तक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here