एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने : मन्त्री पण्डित

0
981

चितवन, जेठ ८ । एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका मन्त्री पण्डितले संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचना अनुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताएका छन् ।

केन्द्रीय संरचनामा आवश्यकता अनुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितको भनाइ छ । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचना अनुसार तयारी हुनुपर्ने जनाएका छन् ।

केन्द्रीय प्रणाली अन्तर्गत रहेका संरचना संघीय प्रणाली अन्तर्गत तीन तहमा जाने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here