गीत रेकर्ड गराउँदै अशोक दर्जी

0
1164

काठमाडौँ, बैशाख १० । सामाजिक संजाल तथा शोसल मिडियामा आजभोली निक्कै नै चर्चिक नाम हो अशोक दर्जी । उनको आवाजमा एक प्रकारको अनौठो मिठास छ । झापाका दर्जी अहिले काठमाडौँ आइपुगेका छन् । उनको आवाजमा मिठास भए पनि सहि गाइडेन्स नभएकाले उनको सुर र शब्द भने कमजोर देखिन्छ तर अब उनले आफ्नो गायिकीलाई पनि परिपक्वता बनाउने सोचमा छन् ।

तर भनिन्छ नि, ‘‘तँ चिता म पुर्याउँछु’’ भनेर, त्यस्तै उनले बाटो बाटोमा गाएर सबैको मन रोचक बनाएका थिए । हजारौंको भिडमा एक चर्चित गाएक उनको सामु एक पिता बनेर आए । जसले रुपै मोहनी लगायतका हिट गीतहरु गाएका छन् । चर्चित गायक टंक बुढाथोकीले अशोकलाई काठमाडौँमा झिकाएर स्टुडियोमा लगेर गित नै रेकर्ड गराएका छन् । यो शव हेर्दा अशोक दर्जीलाई प्रेम परियारसंग तुलना गर्ने गरिन्छ जसले मलेखुमा बालक हुदा यसै गरी गित गाएर सुनाउदै दुइ चार पैसा कमाए पछी काठमाडौँ झिकाएर उनि चर्चित गाएक बन्न सफल भए ।

टंक बुढाथोकीले एक अन्तर्वातामा अशोकको पढाइ लेखाइको साथ साथै उनको ३ जना दिदीहरु पनि अशिक्षित छन् उनीहरुको समेत पढाइको व्यवस्था गर्नुपर्ने समेत जाहेर गरे । दर्जीले भर्खरै रेर्कड गराइरहेका गीत ‘‘मन बीनाको धन ठूलो कि, धन बीनाको मन’’ जसको शब्द गरेका छन् टंक बुढाथोकीले भने आवाज छ अशोक दर्जीको ।

भन्छन् कमल नै फल्छ हिलोमा, सायद यसैले होला कमलको धेरै महत्व भएको । हाम्रो नेपालमा अशोक दर्जी जस्ता धेरै बालकहरु छन् जसमा प्रतिभा त हुन्छन् तर उनीहरुको सहि गाइडेन्स् नभएको कारणले गर्दा कुनै महत्व छैन । नेपालमा यस्ता टंक बुढाथोकीजस्ता धेरै व्यक्तिहरु जन्मे भने अशोक दर्जी जस्ता बालकहरुको भविष्य पनि उज्वल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here