देश अधिनायकवादतर्फ धकेलियो : डा कोइराला

0
1493

मोरङ, वैशाख २६ । सरकारका कारण देश अधिनायकवादतर्फ अघि बढेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले  बताएका छन् ।

सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा डा कोइरालाले  वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको जिकीर समेत गरे ।

वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको प्रष्ट पारे ।

नेपाली काँग्रेस पार्टीभित्र मौलाएको चरम गुटबन्दी नेतृत्व तहबाटै त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here