ललितपुरमा नगर तथ्याङ्क संकलन सम्बन्धि अन्तक्र्रिया सम्पन्न

0
236

ललितपुर, वैशाख १७ । नगर तथ्याङ्क संकलन सम्बन्धमा ललितपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाबीच अन्तक्र्रिया सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा भएको अन्तक्र्रियामा भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर तथ्याङ्क संकलन सम्बन्धमा आफ्नो अनुभवको प्रस्तुतीकरण गरेको थियो ।

चाँगुनारायण नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सिद्धार्थ न्यौपानेले नगर तथ्याङ्क संकलन सम्बन्धमा नगरपालिकाले गरेका गतिविधिहरु, लागत विवरण, तथ्याँङ्क व्यवस्थापन लगायतका विषयहरुमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा तथ्याँङ्क संकलन प्रकृया, तथ्याँङ्क संकलकहरुको व्यवस्थापन, वडा कार्यालयहरुबाटै तथ्याँङ्कको अपडेट कसरी गर्न सकिन्छ ?, तथ्याँङ्कहरुको व्यवस्थापनका साथै तथ्याँङ्कहरुको प्रयोग के कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत प्रस्तुतीकरण गरिएको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मुलुककै कान्छो नगरपालिका चाँगुनारायण र १०० वर्ष पुगेको ललितपुर महानगरपालिकाबीच नगर तथ्याङ्क संकलन सम्बन्धि अन्तक्र्रिया गर्न पाउनु खुसीको कुरा भएको वताएका छन् । मेयर महर्जनले यसवर्षदेखि वार्षिक बजेटमा नै उल्लेख गरेर वडाहरुको प्रोफाइल तयार गर्ने तथा तथ्याँङ्कहरुको संकलन गर्ने कार्यका लागि निश्चित बजेट व्यवस्थापन गरिने जानकारी गराएका थिए ।

त्यस्तैगरी ललितपुर महानगरापालिकाकी उपमेयर गीता सत्यालले तथ्याँङ्क संकलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउँदै विकास निर्णणका कार्यलाई प्रभावकारी बनाउन सकिने वताइन् । उपमेयर सत्यालले स्थानीय विकासको लागि तथ्याँङ्कहरुको संकलन, व्यवस्थापन गरी प्रयोगमा ल्याउनु महत्वपूर्ण काम भएको वताइन् ।

चाँगुनारायण नगरपालिकाकाकी उपमेयर विना बाँस्तोलाले तथ्याँङ्क संकलन सम्बन्धमा महानगरपालिकासंग आएर आफ्नो नगरपालिकाका अनुभवहरु प्रस्तुत गर्न पाउँदा खुसी लागेको वताइन् । उपमेयर बाँस्तोलाले प्रारम्भिक तथ्याँङ्क संकलनका लागि सर्भेयरहरु व्यवस्थापनका लागि महानगरलाई चुनौती आउन सक्ने वताउँदै त्यसलाई सहजतापूर्वक व्यवस्थापन गर्न सुझाव दिइन् ।

अन्तक्र्रिया कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, ललितपुर महानगरपालिकाका महाशाखा प्रमुखहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here