वीरगञ्ज पाठशाला दोस्रो वर्षमा प्रवेश

0
124

राहुल गुप्ता
वीरगञ्ज, फागुन ४ । विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथामिकतामा राखेको वीरगञ्ज पाठशाला शनिबारदेखी दोस्रो वर्षमा प्रवेश गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख अरबिन्दलाल कर्णलेले पर्सा जिल्लामा रहेको सम्पुर्ण संस्थागत विद्यालयहरुलाई ४ भागमा विभाजन गरी महानगरपालिकाले नै शुल्क निर्धारण गर्ने कार्यलाई महानगर तिव्रता दिएको जानकारी गराएका थिए ।

उनले शिक्षकले जुन कुरा सिकाउँछ विद्यार्थीले पनि त्यही कुरा सिक्ने भएकोले सर्बप्रथम आफुले सिकेको कुरामा विश्वस्त भएपछि मात्रै विद्यार्थीलाई सिकाउन शिक्षकहरु समक्ष आग्रह गरेका थिए । सो कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले साना साना विद्यार्थिहरुलाई मन्चमा उभिन लगाएर क्षमता अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्रियाकलापले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम पाठशालाकी संस्थापक प्राधानाध्यापक बिजया ओझैयाको सभापतित्वमा उद्घघाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष सन्दिप रौनियार, सामाजिक अभियानता प्रकाश थारु, शेष्मी इन्टरनेशनल एकेडेमीकी संस्थापक प्राधानाध्यापिका आश्मा सिँह यादब, ग्लोवबल विजनेश कलेजका निर्देशक श्रीराम दास, भोलुन्टियर समुहका संयोजक राजन श्रीवास्तव, मानवसेवा आश्रमका देवेश गुप्ता, गुड्डु जोशी, पत्रकार निलिमा पौडेलका, अजित भुजेल , संतोषमान रन्जितकार, मन्सुर खान, जाकिर हुसेन, सुनिल श्रेष्ठ, सम्भु चौधरी, सुर्य बिक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

दोस्रो बार्षिकउत्सबको अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेको विद्यालयकी शिक्षिका श्वेता क्षेत्रीले जानकारी गराएकी छिन् । उक्त कार्यक्रम प्रिति साहले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here