बेलायतका लागि नेपाली राजदूत सुवेदी उपाध्यक्षमा छनोट

0
200

काठमाडौँ, चैत २९ । नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा छनोट गरिएको छ ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई सो समितिको उपाध्यक्षमा छनोट गरेको हो ।

सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभाल्हो ल्यारिओले प्रस्ताव गरेकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होन्डुरस, एलसाल्भाडोर, कोलम्बिया र इथियोपियाका प्रतिनिधिले समर्थन जनाएपछि उनी उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

सो समितिको अध्यक्षमा जापानका मित्सुहिरो ताकायाङ्गी निर्वाचित भएका छन् । नेपालले सन् २०१७ फेब्रुअरी २२ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

सरकारले डा सुवेदीलाई सन् २०१७ जुन २९ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here