प्रधानमन्त्री देउवा र जापानी राजदूत ओगावाबीच शिष्टाचार भेटवार्ता

0
175

काठमाडौँ, पुस ३ । प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका राजदूत मासासी ओगावाबीच शिष्टाचार भेट भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा उनीहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here