प्रधानमन्त्री ओलीले संसदमा ‘विशेष’ सम्बोधन गर्दै

0
274

काठमाडौं, चैत २० । संघीय संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

आसन्न भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा प्रधानमन्त्रीले संसद्मा दिउँसो १ बजे सम्बोधन गर्ने भएका हुन् ।

उनले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा आगामी चैत २३ देखि भारतको ३ दिने राजकीय भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीले संसद्को चालु अधिवेशनमा पहिलो पटक सम्बोधन गर्ने भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here