नेकपाका अर्का सांसदको यौन कान्ड बाहिरियो

0
706

काठमाडौं, असोज २६ । निवर्तमान सभामुख कृष्ण महराको यौन कान्ड सेलाउन नपाउँदै नेकपा कै अर्का सांसदको फेरी यौन कान्ड बाहिरिएको छ । सुदुरपश्चिम प्रदेशसभाका सांसद तथा नेकपाका कैलाली जिल्ला अध्यक्ष रतन थापाको आठ मिनेट लामो एक महिलासंगको अस्लिल अडियो सम्वाद बाहिरिएको हो ।

आफ्ना केही साथिभाइहरुसंग आफ्नो घर नजिकै रहेको रेस्टुरेन्टमा बसेर रक्सिको चुस्कीसंगै आफुले शारीरिक सम्पर्क गर्ने गरेकी महिलाको श्रीमान नभएता पनि आर्थिक रुपले सम्पन्न अरबपति भएको बताएका छन । उनले साथिभाइहरुसंग गफ गर्ने क्रममा ति महिला आफुले जहा बोलायो तेहा आउने र जति माग्यो त्यती आर्थिक उपलब्ध गराउने गरेकाले आफुलाइ राजनिति गर्न सहज भएको अडियोमा प्रस्ट सुन्न सकिन्छ ।

दुई श्रीमती बिहे गरेर पाँच सन्तानका पिता बनिसकेका सांसद तथा नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापा ले साथि भाइहरु सँगै गफ गर्दै नपत्याए सुन हैत भन्दै ति महिला लाई आफ्नो मोबाएलबाट फोन गरेर ह्यान्ड फ्रि गरेर यौनिकताका अस्लिस कुरा गरेको अडियो बाहिर आएको छ ।

अडियोमा पहिले थापाले एक घन्टी बजाएर मिस कल दिएपछि ति महिलाले कल ब्याक गरेर पुन संवाद भएको सुन्न सकिन्छ । फोन उठे पछि महिलाले ‘किन फोन काटेको भनेर सोद्दा?’ थापाको जवाफ छोरा बोलाउन तेहीबेला आएको थियो, त्यसैले फोन काटेको भन्ने जबाफ दिएको स्पष्ट सुन्न सकिन्छ । घर नजिकैको होटलमा अलिअलि खाँदैछु ।’ फेरि महिलाले प्रश्न गर्छिन, ‘बुढी कता छन ? ती पुरुष जवाफ फर्काउँछन, ‘बुढी घरमै छिन ।

झण्डै आठ मिनेट लामो अडियोअनुसार ती नेता र महिला बिचको संबाद तेहा वरिपरी रहेका नेताका साथिभाइ रोचक रोचक पाराले सुनिरहेका हुन्छन, बार्ता टुंगिन टुंगिन लाग्दा नेता ति महिलालाई थप बोल्न उक्साउदै गरेको सुनिन्छ । तिम्रो याद धेरै आएर फोन गरेको महिला भन्छिन, ‘रक्सी खाएको वेला मात्रै याद गर्ने ? माया त व्यवहारमा देखाउनु पर्यो । पुरुष जवाफ दिन्छन, ‘मेरो जीवनमा तिमीबाहेक अरु कोही छैन । तिमीसँग हुनुपर्ने सबै भइसकेको छ, अव फेरि कस्तो माया गर्ने ? फेरि महिला भन्छिन, माया भनेको त्यत्ति मात्रै हो र ?’

यी संबादले प्रस्ट बताउँछ कि ति सांसदको महिलासंग को सम्बन्ध जबर्जस्ती वा सहमति जे भएपनि आफ्नो गरिमालाई ख्याल नगरी एउटा खुल्ला रेस्टुरेन्ट मा बसेर रक्सी पिउदै एउटी महिलासँगको सम्बन्धको गोप्यता खोल्दै ति महिला को पछाडि उनको बेइज्यत गर्नु कुन नैतिकता को प्रदर्शन हो ??

सांसद तथा नेकपा कैलालीका अध्यक्ष थापालाइ २०७५ मा लागु भएको मुलुकी देवानी नागरिक ऐन संहिता अनुसार यौन दुरचारमा र सार्बजनिक ठाँउमा एक महिला को गोपनियता भंग गरेको अभियोग मा सार्बजनिक मुद्दा लाग्ने एक कानुनबिद को भनाइ छ । राज्यको ओहदामा बसेका संसद तथा नेकपा जस्तो पार्टीका जिल्ला अध्यक्षको यो अपराधलाई राज्यले कडा भन्दा कडा कार्बाही गर्नुपर्दछ । नत्र महिलाको बदनाम गर्ने र हिंसा हुने क्रम कहिल्यै रोकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here