मोदीको स्वागतमा उपस्थिति हुन निर्देशन

0
283

गौशाला, वैशाख २५ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन जनकपुरधाममा उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई निर्देशन दिएका छन् ।

महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन मन्त्री यादवले निर्देशन दिएका हुन् ।

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै उनले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिएका हुन् ।

मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन हार्दिक निमन्त्रणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here