रङ्गमञ्च दिवसका अवसरमा नाटक प्रस्तुत

0
257

काठमाडौँ, चैत १४ । विश्वमा मानिसको परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारहरुको अभिनयका माध्यमबाट प्रस्तुत गरिएको छ ।

अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर अभिनयका माध्यमबाट मंगलबार साँझ नाटक मञ्चन गरिएको छ ।

मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको विस्तारै बाहिर निकालेका थिए । थिएटर समूहका अध्यक्ष सलिन सुवेदीले गिगेरुगु अष्ट्रेलियाली बाजा बजाउँदै गर्दा कलाकार रेशम किरा कोकनबाट निस्केजस्तै देखिन्थे ।

साहित्यकार प्रा डा अभि सुवेदीले पाषाण युगदेखि अहिलेसम्म स्वर, व्यञ्जन हुँदै मानव सभ्यता यहाँसम्म आइपुगेको बताउँदै नाटकको पनि आफ्नै भाषा, संकेत रहेका र तिनलाई संरक्षण गरेर समाजलाई सकारात्मक परिवर्तन गर्न सकिने बताए ।

नाटकमा कलाकार सरोज घिमिरे, सन्दीप डंगोल र मनिषलाल श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । सन् १९६२ मार्च २७ देखि प्रत्येक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन शुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here