‘सुखी र समृद्ध नेपालको जिम्मेवारी युद्धस्तरमा हुने’

0
610

काठमाडौँ, फागुन ११ । ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

पाँच वर्षे कार्य योजना अनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताएका छन् । मन्त्रिमण्डल चाँडै विस्तार उल्लेख गर्दै उनले नेकपा (एमाले) र नेकपा (माओवादी) केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जनाएका छन् ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले यथाशीघ्र मन्त्रिमण्डल विस्तार भएर काम शुरु हुने जानकारी दिए । एमालेका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष रिमाल संविधानसभाका पूर्व सदस्य हुन् ।

प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएपछि सचिवालयमा उनको यो पहिलो नियुक्ति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here