प्रधानमन्त्री देउवाले राजीनामा घोषणा गर्ने

0
894

काठमाडौं, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्ने भएका छन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

केही मन्त्रीहरु र नेताहरुसंगको मंगलबार साँझ बसेको छलफलपछि देउवाले राष्ट्रकै नाममा संवोधन गरी राजीनामा दिने मनस्थिति बनाएका हुन् । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु अघि नै देउवाले राजीनामा गर्ने जनाइएको छ ।

स्रोतका अनुसार देउवाले बुधबार नै संवोधन गर्ने तयारी भइरहेको छ । यदि बुधबार संभव नभए बिहिबार संवोधन हुने बताइएको छ । चौथो पटक प्रधानमन्त्री भएका देउवाले गत जेठमा चौथो कार्यकाल सुरु गरेका थिए ।

यसपटकको कार्यकाल भने देउवा र मुलुकका लागि अविश्मरणीय रह्यो । देउवा नेतृत्वको सरकारले नै पहिलो पटक सबै तीन तहको निर्वाचन एक वर्षभित्रै सम्पन्न गरेको विश्वकै पहिलो इतिहास हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here