ललितपुुर महानगरले गर्यो बजार अनुगमन : लगनखेलको केके मार्टमा भेटियो म्याद नखुलेको खानेतेल

0
117

ललितपुर, पुस २५ । उपप्रमुख गीता सत्यालको नेतृत्वमा ललितपुर
महानगरपालिकाद्धारा बजार अनुगमन गर्दा लगनखेलको केके मार्टमा बेच्न
राखिएको खाने तेलमा म्याद नखुलेको भेटिएको छ । मार्टमा बेच्न
राखिएको उपकार ब्राण्डको सनफ्लावर तेलमा बनेको मिति र प्रयोग गर्न
हुने मिति भेटिएन ।

अनुगमनका क्रममा केके मार्गमा दर्ता प्रमाण पत्रमा उल्लेख भएअनुसार
बोर्ड नराखिएको, दर्ता प्रमाणपत्रहरु नविकरण नभएको, ग्राहकले देख्ने
गरी मुल्यसूची नराखिएको, मार्टको अगाडी भागमा फुटपाथ ढाक्ने गरी
अरुलाई व्यापार गर्न दिइएको पाइएको छ ।

त्यस्तै लगनखेलकै स्वजन स्टोरमा पनि विक्री गर्न राखिएको चिसोपेय
पदार्थमा म्याद नागेको भेटिएको छ । त्यस्तै कृषि विकास बैकको भवनमा
रहेको चैनपुर शाक्य स्टोरमा म्याद नागेको अनमोल बटर ब्रेक बाण्डको
विस्कुट बेच्नका लागि राखिएको पाइयो । महानगरको अनुगमन टोलीले
पसल धनीहरुलाई अनुगमनका क्रममा भेटिएका कमीकमजोरीहरु तत्कालै
सुधार्न निर्देशन समेत दिएको अनुगमन समितिका सदस्य तथा ललितपुर महानगरका
बरिष्ठ अधिकृत श्रीभद्र ओझाले जानकारी दिए ।

अधिकाँश पसलधनीहरुले पसलमा ग्राहकले देख्ने गरी मुल्य सूची नराखेको
पाइयो । त्यस्तै पेयपदार्थ चिसो बनाउनका लागि राखिने फ्रिजमा समेत
फोहोर रहेको पाइएको अनुगमन समितिका सदस्य तथा वडा नं. ५ का सदस्य
अशोक श्रेष्ठले वताए ।

उपप्रमुख गीता सत्यालको नेतृत्वमा महानगरका बरिष्ठ अधिकृत श्रीभद्र
ओझा, कृषि शाखाका अधिकृत हरिशरण खड्का, जिल्ला प्रशासन कार्यालयका
प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि सहितको टोलीले लगनखेलका केही
खाद्य र तरकारी पसलको अनुगमन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here