विद्युतीय भुक्तानी प्रभावकारी हुनुपर्ने

0
161

काठमाडौँ, चैत २ । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पछिल्लो समय विश्वको बैंकिङ बजारमा आएको प्रविधिलाई नेपाली बैंकहरुले पनि अनुशरण गर्दा विद्युतीय भुक्तानीलाई जोड दिनुपर्ने आज आयोजित एक सम्मेलनमा जानकारी गराइएको छ । नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा विद्युतीय भुक्तानी सम्मेलनका वक्ताहरुले उक्त कुरामा जोड दिँदै निजी क्षेत्रका बैंकहरुले आफूलाई समय अनुकूल अद्यावधिक गर्दै विद्युतीय करोवारमा अगाडि बढिरहेको बताए ।

विश्व बैंकिङ बजारमा आएका पछिल्ला विद्युतीय प्रविधिका बारेमा जानकारी एवं प्रशिक्षण दिने उद्देश्ले आयोजिना गरिएको उक्त सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका बैंकका उच्चस्तरका व्यवस्थापकहरुले सहभागिता जनाएका छन् ।

साथै सम्मेलनमा विद्युतीय भुक्तानी प्रविधिका विज्ञ राहुल जोशी, राजेश लोहारी, दीपक शर्माले प्रशिक्षण दिनेछन् । सम्मेलनको उद्घाटनसत्रमा आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ भने ।

उनले विद्युतीय भुक्तानीमैत्री बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको चर्चा गरे । आयोजक संस्थाका कार्यकारी व्यवस्थापक सञ्जिव सुब्बाले विद्युतीय भुक्तानीले बैंकको क्षमता वृद्धि हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here