प्रतिनिधिसभाको बैठक मङ्गलबार बस्ने

0
224

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।

संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने काँग्रेसले अडान लिए पछि बैठक मंगलबारका लागि तोकिएको हो । सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी भन्दै पटक पटक बैठकलाई जवरजस्ती रुपमा अघि बढाउन खोज्दा प्रमुख प्रतिपक्षी दलले नमानेपछि स्थगन गरिएको बताइएके छ ।

गृहमन्त्री जवाफ दिन आज तोकिएको समय समिा भित्र आउन नसक्ने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here