फागुनमा ज्योति फिल्मस म्युजिक अवार्ड वितरण हुने

0
125

काठमाडौं, पुस ९ । ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक अवार्ड’ कार्यक्रम गर्न लागेको छ  ।

विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान प्रदान गर्न लागिएको जानकारी गराइएको छ  ।

आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठलेस्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गर्ने तयारी भइरहेको जनाएका छन् ।

मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्नु पर्ने कुरामा सबै सरोकार पक्षलाई आह्वान गरिएको आयोजक कमिटिले जनाएको छ  ।

सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here