भीरबाट लडेर आमा छोरा सहित ३ को मृत्यु

0
219
  • बद्री पन्त

जाजरकोट, मंसिर १ । जाजरकोटमा भीरबाट लडेर तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एकै घरका आमा छोरा सहित तीन जनाको ज्यान गएको हो ।

जुम्लाको टोप्लाबाट जाजरकोट घर आउदै गर्दा बारेकोट गाउँपालिका ३ पारामुलसामकी ३५ वर्षीय पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको बारेकोट गाउँ पालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन् । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी अकाल मानिसको ज्यान जाने गरेको अध्यक्ष शाहले बताएका छन् ।

त्यसैगरी त्रिवेणी नलगाड नगरपालिका ५ एैराडिमा भीरबाट लडेर ४० बर्षिया अनती शाहीको मृत्यु भएको छ । भैसीलाई घाँस काट्ना गएकी शाहीको चौरीलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय जनक शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here