पचास पदका लागि रु ४० करोड खर्च लाग्ने आयोगको अनुमान

0
75

काठमाडौं, भदौ ३ । आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुने जनाएका छन् ।

निर्वाचन आयोगका अनुसार गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् ।

करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ ।

प्रवक्ता खरेलले निर्वाचनको तयारीका लागि आयोगले हरेक कामलाई तीव्रता दिदै अघि बढिरहेको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here