युवालाई साथ दिन गृहमन्त्रीको अनुरोध

0
198

काठमाडौँ, वैशाख २४ । समाजको विकृति र विसङ्गति विरुद्ध सरकारले थालेको अभियानमा युवालाई साथ दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुरोध गरेका छन् ।

योङ कम्युनिष्ट लिग (वाइसिएल)द्वारा आज आयोजित ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहेका उनले भ्रष्ट, तस्कर, सिन्डिकेट विरुद्ध अभियान थालेको भन्दै यसलाई निष्कर्षमा पुर्याई छाड्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री थापाले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान थाल्न लागेको जनाउँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका निभाउन अनुरोध गरे ।

उनले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने बताएका छन् ।

गृहमन्त्री थापाले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here