भक्तपुरमा उज्यालो अभियान शुरु

0
58
;"o{ljgfos gu/kflnsf j8f g+=& sf] u'08' rf]saf6 vx/];Ddsf] @ lsnf]ld6/ b'/Lsf] d'Vo ;8sdf h8fg ul/Psf] #) j6f ;f]nf/ alQ Ps}k6s afn]/ pxfFn] æpHofnf] eQmk'/ cleofgÆsf] z'ef/De ub}{ k|ltlgwL;efsf ;f+;b Pj+ k"j{pBf]u dGqL dx]z a:g]t . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, साउन २८ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर सांसद बस्नेतले उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

सांसद बस्नेतले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको शुरुआत भएको स्पष्ट पारेका छन् । विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य भक्तपुरका बासिन्दाका लागि अब सधैँ उज्यालो दिएको उनले सुनाए ।

सांसद बस्नेतले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताएका छन् । उनले थपे, केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ । भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको उनले सुनाए ।

उनले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने समेत प्रष्ट पारेका छन् । कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको जानकारी गराएका थिए । सापकोटाले चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको बताएका छन् । बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here