दुई विधेयक सर्वसम्मतिले पारित

0
113

काठमाडौं, भाद्र २६ । राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here