महानगरले श्रमिक वर्गको हकहितका लागि मजदूरमैत्री नीति ल्याउने

0
233

विराटनगर, वैशाख १८ । एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा पदयात्रा निकालिएको छ ।

हाटखोला चोकबाट निकालिएको सो पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत गरिएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।

सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा कुरा उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here